FAQs Complain Problems

मुख्य समाचारः-

सूचना तथा समाचार

करार सम्झौता सम्बन्धि सुचना

प्रदेश नं ७ को आर्थकि वर्ष २०७५/७६ को बजेट वक्तव्य

आर्थिक बर्ष २०७५/७६ को बजेट भासण पुस्तिका

अर्थ मन्त्रि डा.युराज खतिवडाद्रारा प्रस्तुत गरिएको बजेट भासणको पुस्तिकामा आर्थिक बर्ष २०७५/७६ को सम्पूर्ण विवरण उल्लेख गरियको  छ | अर्थ विज्ञ तथा नेपाल सरकारका गवर्नर समेत भैसकेका अर्थी मन्त्रि खतिवडाले मिति २०७५/२/१५ मा संसद भवनमा  प्रस्तुत गरिएको  बजेट भासणको पूर्ण विवरण तलको लिंकमा हेर्न सक्नुहुनेछ |

फुटवल महाकुम्भ सुरु हुँदै

फुटबलको महाकुम्भ फिफा वल्र्डकप २०१८ आज सुरु हुँदैछ । पूर्वी युरोपमा पहिलो पटक आयोजना भएको विश्वकपको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबीयाबीच प्रतिस्पर्धा हुनेछ । खेल मस्कोको लुजनिकी रङ्गशालामा एक भब्य समारोहका बीच नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुनेछ । सो अघि प्रतियोगिताको उद्घाटन हो |
३२ राष्ट्र सहभागी महाकुम्भको खेलहरु रुसका १० शहरमा आयोजना हुनेछन् । ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन उपाधि दाबेदार मानिएका छन् । अर्जेन्टिना, इङ्ल्याण्ड, बेल्जियम, पोर्चुगल त्यसपछिको सूचीमा परेका छन् । आयोजक रुसलाई समुह चरण पार गर्ने निकै ठुलो चुनौती रहेको खेल जानकारहरु बताउछन् । २१ औं संस्करणको विश्वकपको उद्घाटन खेल, फिफा वरियतामा पछाडि रहेका दुई टोलीबीचको प्रतिस्पर्धाबाट सुरु हुन लागेको हो । ७० औं वरियतामा रहेको आयोजक रुसले आफ्ना पछिल्लो ७ खेलमा जित दर्ता गर्न सकेको छैन । वरियताको ६७ औं स्थानमा रहेको साउदी अरेबीया एसियाबाट सिधै छनोट भएको हो । साउदी ओसामा हावसावी र रुस ईगोर ईफिनकिभको कप्तानीमा मैदान उत्रने

 

महिनावारी बार्न छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु

अछाम — अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको  महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ । 

अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा ।

 

 

छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन। साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन्। परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो।

 

पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन्। उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो। तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए।

 

छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए। तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन्।

 

गत पुसमा मात्र सोही गाउँपालिका ३ भैरवस्थानको लकाद्रा की २२ वर्षकी गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो। छाउपडी गोठमा सुतेको अवस्थामा २०६३ सालयता मात्रै १३ जना किशोरी तथा महिलाले ज्यान गुमाईसकेका छन्।

 

//