FAQs Complain Problems

मुख्य समाचारः-

सूचना तथा समाचार

विद्यालय बन्द गर्ने सम्बन्धमा ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८/०९/२६ गतेको सूचना अनुसार देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूले वार्षिक बिदामा मिलान हुने गरि यही मिति २०७८/०९/२७ गतेदेखि २०७८/१०/१५ गतेसम्म बिदा दिने निर्णय सूचना मार्फत जारी गरिएको हुँदा यस मोहन्याल गाउँपालिकाको कार्यालयको निर्णयानुसार मन्त्रालयबाट जारी सूचनामा रहेका प्रावधानहरूको कार्यान्वयन गर्ने गरि मिति २०७८/०९/२८ गतेदेखि २०७८/१०/१५ गतेसम्म सबै विद्यालयहरूमा पठनपाठन परीक्षा लगायतका कार्यक्रम स्थगित गरि विद्यालय बन्द गर्न हुन जानकारी गराइन्छ ।

वार्षिक सार्बजनिक सुनुवाइ सम्बन्धि सूचना २०७८/०७९

वार्षिक  सार्बजनिक सुनुवाइ सम्बन्धि सूचना  २०७८/०७९  

मोहन्याल गाउँपालिका रातो किताब ०७८/०७९

मोहन्याल गाउँपालिका रातो किताब 

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

लिखित परिक्षाका लागि संक्षिप्त सुची (Short List) प्रकाशित गरिएको तथा लिखित र अन्तर्वार्ता परिक्षा सम्बन्धि सूचना ।

यस मोहन्याल गाउँपालिकाको कार्यालयले मिति २०७८/०८/०२ गते प्रकाशित गरेको प्राविधिक जनशक्ति

सेवा करारमा पदपूर्ति सम्बन्धि सूचना अनुसार इन्जिनियरअसिस्टेन्ट सब इन्जिनियर पदमा रितपूर्वक पर्न

आएका आवेदनहरू मध्य देहाय बमोजिमका उम्मेदवार हरु संक्षिप्त सुचीमा पर्न सफल भएकोले संक्षिप्त

सुची प्रकाशन गरिएको छ । साथै उक्त पदहरूको लिखित परीक्षा तथा अन्तर्वार्ता मिति तपसिल बमोजिमको

मिति र समयमा मोहन्याल गाउँपालिकाको कार्यालय, खिमडीमा  हुने भएकोले आ-आफ्नो विवरण खुल्ने

सक्कल कागजातहरू सहित उपस्थित हुन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

हातहतियार खरखजाना नियमावली (दशौँ संशोधन) २०२८

हातहतियार खरखजाना नियमावली (दशौँ संशोधन) २०२८

 

नविकरण गर्न छुटेका हातहतियार खरखजाना तथा

हातहतियार इजाजत प्राप्त व्यक्तिको मृत्यु भइ तोकिएको

समयमा नजिकका हकवालाको नाममा नामसारी गर्न छुट

भएका हातहतियार खरखजाना अन्तिम एक पटकका लागि

२०७८ साल पुष मसान्त सम्म समय दिइएको हुँदा सर्वसाधारणमा  जानकारी गराइन्छ ।

थप जानकारीका लागि फाइल डाउनलोड गरी हेर्न सकिनेछ ।

प्राबिधिक जनशक्ति सेवा करारमा पदपूर्ति सम्बन्धि सूचना

प्रस्तुत विषय सम्बन्धमा यस मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खिमडी,

कैलालीको लागि तपसिल बमोजिमका प्राविधिक जनशक्ति सेवा करारमा पदपूर्ति गर्नुपर्ने

भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले

१५ दिन भित्र रितपूर्वक दरखास्त पेश गर्नहुन यो सूचना प्रकाशन गरिन्छ।

साथै, दरखास्त फारम यस कार्यालयको website: www.mohanyalmun.gov.np

को नमुना फारम मेनुबाट डाउनलोड गरि प्रिन्ट गर्न सकिने समेत जानकारी गराइन्छ ।

कार्यक्रम तथा योजना फरफारक गर्ने सम्बन्धि अत्यन्तै जरुरि सुचना

कार्यक्रम तथा योजना फरफारक गर्ने सम्बन्धि अत्यन्तै जरुरि सुचना 

संलग्न फाइल मा क्लिक गरि हेर्न र डाउनलोड गर्न सकिनेछ 

संलग्न फाइल: 

करार सेवामा जनशक्ति लिने सम्बन्धि दरखास्त आह्वानको सुचना

संलग्न फाइल  मा क्लिक गरि हेर्न र डाउनलोड गर्न सकिनेछ ।

शोक वक्तव्य

यस मोहन्याल गाउँपालिकाका अध्यक्ष श्री नवल सिंह रावलज्यूको मिति २०७७/१२/१७ गते बिहान १०:३० बजे मस्तिष्क घात बाट असामयिक निधन  भएको  हुँदा उहाँ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो संवेदना व्यक्त गर्दछौं साथै यस गाउँपालिका भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालय लगायत बिद्यालयहरु समेत शोकमा रहेको हुदा मिति २०७७/१२/१८ देखि २०७७/१२/२२ गते सम्म ५ दिन शोक बिदा मनाउने र सरकारी कार्यालय र बिद्यालयहरुमा रहेको राष्ट्रिय झन्डा २०७७/१२/१८ गते देखि १० दिन सम्म आधा झुकाउने निर्णय भएकोले सम्बन्धित सबैको जानकारी का लागि यो शोक वक्तव्य  प्रकाशित गरिएको छ ।

//